तबीश खानले गरे ३६ वर्षको उमेरमा टेस्ट डेब्यू

क्रिकेट

काठमाडौं । पाकिस्तानले जिम्बावेविरुद्धको दोस्रो टेस्ट खेलमा फास्ट बलर तबीश खानलाई आफ्नो डेब्यू गर्ने मौका दियो । अचम्मको कुरा तबीश खानले ३६ बर्ष १४६ दिनको उमेरमा पाकिस्तानको लागि टेस्ट क्रिकेटमा डेब्यू गर्ने मौका पाए।

क्रिकेटको यो यात्रा तबीश खानका लागि सजिलो भएन र उनले लगभग बुढेस्कालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाए। तबिश खान दायाँ हाते फास्ट बलर हुन् । उनले अगभग १९ बर्षसम्म घरेलु क्रिकेट खेलेका छन् ।

तबीश खानले ५९८ विकेट लिए पछि डेब्यू गर्ने मौका

क्रिकेटमा ३६ बर्षको उमेर भनेको सन्यास लिने उमेर हो तर तबीश खानको दृढ नियतले देखायो कि जोश छ भने केही गर्न मुस्किल छैन। भलै उनको डेब्यु निकै ढिलो भयो तर अन्ततः उनले मेहनतक फल पाएका छन् । तबीश खान पाकिस्तानको घरेलु क्रिकेटमा १९बर्ष खेले।

यो अन्तरालमा उनले १३७ प्रथम श्रेणी खेल खेल्दै ३.१५ को इकोनोमीमा ५९८ विकेट लिएका छन् । त्यति मात्र हैन उनले ३८ पटक ५ वा शो भन्दा धेरै विकेट तथा कुल ७ पटक एकै खेलमा १० विकेट लिएका छन् । फस्ट क्लासमा उनको ब्यक्तिगत उच्च प्रदर्शन ३२ रन दिएर ८ विकेट लिनु हो ।

त्यस्तै लिस्ट ए केरियरको कुरा गर्नु पर्दा उनले ५८ खेलमा ७३ विकेट लिएका छन् । २८ र दिएर ५ विकेट लिनु उनको लिस्ट ए केरियको उत्कृष्ट प्रदर्शन हो । उता टि-२० मा भने ४३ खेलमा ४२ विकेट लिएका छन् । लिस्ट ए मा ब्याटिङ मार्फत २८६ तथा टि-२० मा उनले ३७ रन समेत बनाएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0