रोहित शर्माको कप्तानीमा न्युजिल्याण्डलाई भारतको क्लिन स्विप

क्रिकेट

एजेन्सी : न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ । तेस्रो खेलमा भ्रमण टोली न्युजिल्यान्डलाई ७३ रनले हराउँदै भारतले तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिनस्वीप गरेको हो।

कोलकातास्थित इडन गार्डेन्स स्टेडियममा भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न भारतका लागि अक्षर पटेलले ९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। हर्षल पटेलले २ विकेट लिँदा दिपक चाहर, युजभेन्द्र चहल र भेंकटेस ऐयरले समान एक-एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । भारतका कप्तान रोहित शर्माले ३१ बलमा ५६ बलमा बनाए । ५ चौका र तीन छक्का प्रहार गरेका रोहितले पहिलो विकेटका लागि इशान किशनसँग ६९ रनको साझेदारी गरेका थिए । इशान किशन २९ रनमा पवेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका सुर्यकुमार यादव शून्यमा आउट भए । रिशभ पन्तले चार रन मात्र जोडे ।

न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट लिए। यस्तै एडम मिल्ने, लकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोढीले समान एक-एक विकेट लिए। दुई देशबीच बिहीबारदेखि दुई वटा टेस्ट सिरिज हुनेछ।

 

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0