महिला विश्वकप छनोट : नेपालले आज हङकङको सामना गर्दै

क्रिकेट

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज साेमबार हङकङको सामना गर्दैछ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ ।

नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ ।

पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।

यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ ।

नेपाली महिला टोली : रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा, संगीता राई

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0