दर्शकले खेलाडीको टाउकोमा बोतल प्रहार गर्न थालेपछि…..

फुटबल

एजेन्सी । फ्रान्सेली लिग वान अन्तर्गतको आइतबार राति mहुने मार्सिले र लियोनको खेल रद्द भएको छ । दर्शकले खेलाडीमाथि बोतल प्रहार गर्न थालेपछि खेल रद्द भएको हो । लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै दर्शकले प्रहार गरेको बोतल मार्सेइलीका दिमित्री पेयटको टाउकोमा लागेपछि खेल रद्द भएको हो ।

आफ्ना खेलाडीमाथि प्रहार भएपछि ड्रेसिङ रूममा फर्किएका खेलाडीहरू लामो समयसम्म पनि मैदानमा प्रवेश नगर्दा खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।

यसअघि गत अगष्टमा पनि मार्सेका दिमित्री पेयटलाई निसका समर्थकले बोतलले हिर्काएका थिए । जब पेयटले उक्त बोतल समर्थकतिर नै फर्काए त्यसपछि आक्रोशित भिड मैदानमा प्रवेश गरेका थियो। फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0