म्यानचेस्टर सिटीको घरेलु मैदानमा लज्जाजनक हार

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी लेस्टर सिटीसँग ५–२ गोलले पराजित भएको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग लज्जास्पद पराजय भोगको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे ।

यो जितसँगै लेस्टर लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार ब्यहोरेको छ ।
जितसँगै शीर्ष स्थानको लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा पाँचगोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै लिग अन्र्तगत गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–०तथा लीड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । एजेन्सी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0