विश्वकप छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित

क्रिकेट

काठमाडौं : आइसिसी टि-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍याे ।

हङकङकाे जितमा मारिको हिलले ४२ बलकाे सामना गर्दै ४ चाैका प्रहार गरी अविजित ४४ रन जाेडिन् । नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए। नेपालका लागि कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए।

त्यसअघि युएईको दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो । नेपालका लागि सीता रानमगरले ५८ बलको सामना गर्दै ४ चौकाको मदतमा अविजित ४० रनको योगदान दिइन् ।

इन्दु वर्माले ३१ तथा काजल श्रेष्ठले ४ रन जोड्दा कविता कुँवर बिना कुनै रन पेभिलियन फर्किइन्। हङकङका लागि चान का म्यान र का यिङ चानले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । छनोटअघि नेपालले कतारसँग ३ खेलको टि-२० सिरिज आफ्नाे पाेल्टामा पारेकाे थियाे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0