फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक (सूचीसहित)

फुटबल

काठमाडौँ । फिफाले २०२१ को बेस्ट खेलाडीको मनोनयन सार्बजनिक गरेको छ । फिफाले २०२१ को बेस्ट खेलाडीको अवार्ड जनवरी १७ मा घोषणा गर्ने जानकारी दिएको हो ।

सबै क्याटोगरीका खेलाडीलाई विज्ञहरुको समुहले छानेको फिफाले जनाएको छ । बेस्ट खेलाडीको अवार्डका लागि डिसेम्बर १० सम्म मत दिन सकिने र त्यसपछि फिफाले हरेक विधाका अन्तिम तीन मनोनयन सार्बजनिक गर्ने बताएको छ । फिफाको बेस्ट पुरुष फुटबल खेलाडीको मनोनयनमा ११ खेलाडी रहेका छन् ।

जसमा रियल म्याड्रिडबाट खेल्ने फ्रान्सका करिम बेन्जमा, म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने, म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बायर्न म्युनिखबाट खेल्ने पोल्याण्डका रोबेर्ट लेवानडोस्की, पिएसजीबाट खेल्ने अर्जेन्टिनाका लियोनेल मेसी, पिएसजीबाट खेल्ने ब्राजिलका नेइमार, बोरुसिया डोर्टमण्डबाट खेल्ने नर्वेका एर्लिंग हल्याण्ड, चेल्सीबाट खेल्ने इटालीका जोर्जिन्हो, चेल्सीबाट खेल्ने फ्रान्सका एन्गोलो कान्टे, पिएसजीबाट खेल्ने फ्रान्सका किलियन एम्बाप्पे र लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0