रोनाल्डोको गोलसँगै युनाईटेड च्याम्पियन लिगको नकआउट चरणमा

फुटबल

काठमाडौं । स्पेनिस क्लब भिल्ला रियललाई पराजित गर्दै इंलिस क्लब म्यानचेष्टर युनाईटेड च्याम्पियन लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । भिल्ला रियललाई उसैको घरेलु मैदान २–० ले हराउँदै युनाईटेड नकआउट चरणलमा प्रवेश गरेको हो ।

मंगलबार राति समूह चरणमा भएको खेलमा युनाईटेडलाई जित दिलाउनका लागि क्रिस्टियानो रोनाल्डो जोर्डन साञ्चोले समान एक–एक गोल गरेका थिए । पहिलो हाफ विना गोलरहित बराबरीमा सकिएको खेलमा ७८ औं मिनेटमा रोनाल्डोको गोलले युनाईटेडलाई अग्रता दिलायो ।

त्यस्तै, निर्धारित समयको अन्तिम मिनेटमा साञ्चोले थप एक गोल गर्दै अग्रता दोब्बर बनायो । लिगको पहिलो खेलबाट नै नकआउट चरणमा प्रवेश गर्न संघर्ष गरिरहेको युनाईटेड यो जितसँगै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको छ ।

लिगमा पाँच खेल खेलेको युनाईटेलको १० अंक भएको छ, भने त्यति नै खेल खेलेका अन्य क्लब भिल्ला रियल, एटलान्टा र योंग बोईजको क्रमश ७, ६ र ४ अंक रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0