बेन्जिमाले सेक्स भिडियो खिँचेर ब्ल्याकमेल गरेको पुष्टि, एक वर्ष प्रतिबन्ध

फुटबल

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमा ‘सेक्स टेप ब्ल्याकमेल’ प्रकरण दोषी ठहर भएका छन्। सहकर्मीको भिडियो खिँचेर धम्क्याएको अभियोगमा उनी दोषी ठहर भएका हुन्।

फ्रान्सको एक अदालतले उनलाई एक वर्षको सस्पेन्डेड जेल सजाय पनि सुनाएको छ। यो सजायमा जेलमा बस्नु भने पर्दैन। तर अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्छ।

३३ वर्षीय बेन्जिमालाई ७५ हजार युरो पनि जरिमाना गरिएको छ। बेन्जिमा अदलतमा भने उपस्थित थिएनन्। उनी च्याम्पियन्स लिगको खेलअघि रियल म्याड्रिडको अभ्यासमा छन्।सन् २०१५ को जुनमा फ्रेन्च फुटबलर म्याथ्यु भाल्बुआनाको सेक्स भिडियो खिँचेर ब्ल्याकमेल गरिएकोमा बेन्जिमाले पैसा दिन प्रोत्साहन गरेको अभियोग लागेको थियो।

राष्ट्रिय टिमको अभ्यासमा रहेको बेला यो घटना भएको थियो। त्यसपछि उनी राष्ट्रिय टिमबाट हटाइएका थिए। बेन्जिमाले आफूले कुनै नराम्रो काम नगरेको दाबी गर्दै आएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
0