च्याम्पियन्स लिगमा पिएसजीलाई हराउँदै सिटी समूह विजेता

फुटबल

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लज्जास्पद हार बेहोरेको छ । स्टार खेलाडीले भरिएको पीएसजीलाई म्यानचेस्टर सिटीले २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर सिटीले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आफ्नै खेलमैदानमा म्यान्चेष्टर सीटीले पीएसजीलाई पराजित गरेको खेलमा दुवै गोल दोस्रो हाफपछि गरेको हो । सीटीका लागि रहिम स्टर्लिङले खेलको ६३औँ मिनेट र ग्रावियल जेसुसले ७६ औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको ५०औँ मिनेटमै पीएसजीका लागि केलियन एम्बाप्पेले पहिलो गोल गरेका थिए ।

सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिमा उतारको थियो । यद्यपि उसले पराजित हुनुपर्यो । समूहमा उपविजेता बनेको पीएसजीले पनि नक आउट चरणमा भने स्थान बनाएको छ । त्यस्तैगरी समूह ‘ए’ कै अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५-० ले पराजित गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0