विश्वकप छनोटमा आज नेपाल र कुवेत भिड्दै, कसले जित्ला त खेल ?

क्रिकेट

काठमाडौं : टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुँदा मंगलबारको दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराउँदै छनोटको सम्भावना कायमै राखेको छ।

यता, पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले विश्वकपको ग्लोबल छनोटको सम्भावना कायमै राख्न आज कुवेतसहित बाँकी खेलमा सबै टिमलाई हराउनुपर्ने हुन्छ।

यसअघि नेपालले अन्तिमपटक सन् २०१९ मा भएको खेलमा कुवेतलाई ३० रनले पराजित गरेको थियो । यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्ध खेल्नेछ ।

नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0