कुवेतमाथि नेपालकाे शानदार जित, लक्ष्य नेपालले ३.३ ओभरमै भेट्टायो

क्रिकेट

काठमाडौं । आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए । २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए ।

नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0