घरेलु मैदानमै चेल्सीसँग म्यान्चेस्टर सिटी पराजित

फुटबल

काठमाडौं, वैशाख २६ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले घरेलु मैदानमै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरेको छ । इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्ने लक्ष्यमा रहेको सिटी घरेलु मैदानमै पराजित भएपछि थप कुर्नुपर्ने भएको छ। अब सिटीले आगामी खेलमा जित हात पारे वा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड पराजित भए उपाधि जित्नेछ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले रहिम स्टर्लिङको गोलबाट ४४औं मिनेटमा अग्रता लियो। पहिलो हाफको इन्जुरी टाइममा सिटीले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। सर्जियो अग्युरोले प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्।

खेलको ६३ मिनेटमा चेल्सीका जिएचले बराबरी गोल फर्काए। इन्जुरी समयमा मार्कोस एलोन्सोले अर्को गोल थपेपछि सिटी स्तब्ध बन्यो। जितसँगे चेल्सीले ३५ खेलमा ६४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उपाधि नजिक रहेको सिटी ८० अंकका साथ शीर्ष स्थानमा रहेको छ । सिटीलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *