‘ए’ डिभिजन लिगः विकास मेराग्लिया सम्मिलित च्यासलको पहिलो जित

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले एपिएफ माथि जित निकालेको छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुवाति मिनेटमै च्यासलले अग्रता बनाएको थियो ।

खेलको ४८औं मिनेटमा च्यासलका रुमेस बतौंलाले सुरुवाति अग्रता बनाएका थिए । खेलमा दुबै टोलीले आक्रामक खेलेका थिए । एपिएफको यो दोस्रो हार हो भने च्यासलको यो पहिलो जित हो ।

शनिबारको पहिलो खेलमा दर्शकको उल्लेखिय मात्रामा सहभागिता रहेको थियो । यस जितसँगै च्यासल तालिकाको सातौ स्थानमा उक्लीएको छ । यस्तै, एपिएफ दुई खेलमा दुई हार व्यहोर्दै तालिकाको पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0