शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विजयी

फुटबल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ । मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० गोलले पराजित गरेको हो ।

रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन । ८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।

जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ । पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफलाई १–० गोलले पराजित गरेको थियो ।

भोलि हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दशरथ रंगशालमा हुने उक्त खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0