सिरी ‘ए’ मा युभेन्ट्सको सातौँ जित

फुटबल

एजेन्सी । इटालिय सिरी ‘ए’मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सलाई सहज जित दिलाउनको लागि पाउलो डिबाला र अल्भारो मोराटाले समान एक-एक गोल गरे ।

खेलको १२औं मिटेनमा डिबालाले खोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले डिजान कुलुसेभ्स्कीको पास गोल गरेका थिए ।
७०औं मिनेटमा अल्भारोले गोल गर्दै युभन्ट्सलाई जित दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १५ खेलबाट २४ अंक जोडेको छ । अंकतालिकामा युभेन्ट्स सातौं स्थामा रहेको छ । पराजित सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0