सलाहले २ गोल गर्दा एभर्टनमाथि उपाधी दाबेदार लिभरपुलको सानदार जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार लिभरपुलले एभर्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक-एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए ।

यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा पुगेको छ । उसले १४ खेलमा ३१ अंक जोडेको छ भने एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0