बाटफोर्डविरुद्ध चेल्सीको रोमाञ्चक जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगको र्शीषस्थानमन रहेको चेल्सीले वाट्फोर्डमाथि जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वाट्फोडलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउनको लागि मासन माउन्ट र हाकिम जियाले समान एक-एक गोल गरे । घरेलु टोलीका लागि इमानुयल डेनिसले गरेको गोल सान्तवन बन्यो । खेलको २९औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले काई हाभर्टजको पासमा गोल गरेका थिए ।

४३औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै पहिलो हाफमा खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले मौसा सिसोकोको पासलाई सदुपयोग गरेका थिए । खेलको ७२औं मिनेटमा हाकिमले गोल गर्दै चेल्सीलाई जित दिलाए । उनले माउन्टक पासमा गोल गरेका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको चेल्सीले १४ खेलबाट ३३ अंक जोडेको छ । पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0