दुई खेल बाँकी हुँदै वायर्न म्युनिख लगातार नवौं सिजन लिग च्याम्पियन

फुटबल

काठमाडौं : बायर्न म्युनिख जर्मन बुण्डेसलिगा फुटबलको च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गर्दै बार्यन म्युनिख दुई खेल बाँकी हुँदै लगातार नवौं सिजन च्याम्पियन बनेको हो।

उपाधि पक्का भएपछि भएको खेलमा बार्यनले बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि आधा दर्जन गोल प्रहार गरेको हो । बायर्नकोलागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक रे भने थोमस मुलर, किङ्सले कोमान र लिरोए सानेले एक एक गोल गरे ।

जितसँगै शीर्ष स्थानको म्युनिखले ३१ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ। अन्तिम दुई खेलअघि शीर्ष स्थानको वायर्नसँग ७ अंकले पछि परेसँगै लाइपजिगको उपाधि यात्रा सकिएको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *