बार्सिलोना र बायर्नबीचको खेलमा दर्शकले स्टेडियममा हेर्न नपाउने

फुटबल

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने भएको छ । जर्मन क्षेत्र बाभेरियामा पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो ।

च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ । च्याम्पियन्स लिगको अन्तिम १६ प्रवेशका लागि संघर्षरत जाभी नेतृत्वको बार्सिलोनालाई बायर्नविरुद्धको खेलमा जित आवश्यक छ ।

बायर्नसँग पराजित भएमा भने बार्सिलोनालाई बेन्फिका र डायनामो क्युभको नतिजा पर्खनु पर्नेछ । बार्सिलोना समूह चरणको पहिलो खेलमा बायर्नसँग ३–० गोलले पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0