रेश्मा भण्डारी सहित ५ भलिबल खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिए

फुटबल

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो । संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो । जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो । जसबाट अन्तिम १२ छनोट अर्काे साता हुनेछ ।

संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई बाहिर राखेको छ । विभागीय टोली एपीएफ क्लबमा आवद्ध रेश्माले क्लब स्तरमासमेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन् । संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ ।

पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन् । पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन् । यस्तै, पुलिसबाट चार खेलाडी रहदा न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबबाट समान ३-३ खेलाडी रहेका छन् ।

प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन् । प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपाल साविक विजेतासमेत हो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, संघले पुरुषतर्फंको नाम नाम भोलि (आइतबार) सार्वजनिक गर्ने जनाएकाे छ ।

न्यू डायमण्ड एकेडेमी : अरुना शाही, प्रतिभा माली, सलिना श्रेष्ठ
नेपाल पुलिस क्लब : उषा भण्डारी, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द
त्रिभुवन आर्मी क्लब : शान्ति थारु, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, सरस्वती जैशी
एपीएफ क्लब : सरस्वती चौधरी, कविता भट्ट, निरुता थगुङ्ना

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged