लेन्ससँग बराबरीमा राेकियाे पिएसजी

फुटबल

काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत शनिबारकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु टाेली लेन्ससँग बराबरीमा राेकिएकाे छ । डेलिलिस फ्रान्समा दुवै टाेलीले १-१ काे बराबरी खेलेका हुन। लेन्सले ६२औं मिनेटमा सेको फोफनाको गोलबाट अग्रता लिएको थियो । उनले चिक ओउमार डोउकौरेको पासलाई सदुपयाेग गरे ।

हारतर्फ उन्मुख पिएसजीलाई जर्जिन्हाे विज्नाल्डमले थप गरिएकाे समयमा गोल गर्दै हारबाट जोगाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । याे नतिजापछि पिएसजी १७ खेलमा ४२ अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा लेन्स २७ अंकका साथ पाँचौ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0