आफ्नै घरेलु मैदानमा फेरि स्तब्ध बार्सिलोना

फुटबल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना रियल बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा रियल बेटिसको जितमा खेलको ७९औ मिनेटमा जुआनमीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जाभी बार्सिलोनाको प्रशिक्षक बनेपछि यो हुनको पहिलो हार हो ।

खेलपछि जाभीले यस्तो हार निकै पीडादायी भएको प्रतिक्रिया दिएका छन् । यो जितपछि रियल बेटिसको १६ खेलमा ३० अंक भएको र लिगमा तेस्रो स्थानमा उक्लिएको छ भने बार्सिलोनाको १५ खेलमा २३ अंक छ र लिगमा सातौ स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0