सिरी ‘ए’ मा युभेन्ट्सको सहज जित, पाँचौ स्थानमा उक्लियो

फुटबल

एजेन्सी : इटालियन सिरी ‘ए’अन्तर्गत जिनोआविरुद्ध युभेन्ट्स २–० गोल अन्तरले विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा जुआन कोर्डाडो र पाउलो डिबालाले १/१ गोल गरे ।

पहिलो हाफमा १–० गो अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो । उसका लागि पहिलो हाफमा कोर्डाडो र दोस्रो हाफमा डिबालाले गोल गरेका थिए ।

कोर्डाडोले खेलको नवौं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । त्यस्तै, ८२ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई २–० को सहज जित दिलाए ।

यो जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । पराजित जिनोआ १० अंकका साथ १८ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0