फ्रेडको गोलमा युनाइटेडको जित

फुटबल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले हराएको हो ।

युनाइटेडको जितमा फ्रेडले ७७ औं मिनेटमा निर्णायक गोल गरे । गएराति भएको अर्को खेलमा टोटेनह्याम हट्सपरले नरिच सिटीलाई ३–० ले पराजित ग¥यो ।

घरेलु मैदानमा टोटनह्यालाई विजयी गराउन लुकास मौरा, डेभिन्सन सान्चेज र सन ह्युङ मिनले एक एक गोल गरेका हुन् । प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले लेष्टर सिटीलाई २–१ ले हराउँदा लिड्स युनाइटेड र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0