बार्सिलोना र एट्लेटिको बराबरीमा

फुटबल

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको म्याड्रिड र बार्सिलोनाले बराबरी खेलेका छन् । शनिबार राती भएको महत्वपूर्ण खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ।

बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोले अग्रता बढाउने अवसर गुमाएको छ भने बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने अवसर खेर फालेको छ। बराबरीबाट शीर्ष स्थानको एथ्लेटिकोको ३५ खेलबाट ७७ अंक भएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ । एक खेल कम खेलेको रियलको ७४ अंक छ ।

रियलले सोमबार चौथो स्थानको सेभियासँग खेल्नेछ। सो खेलमा जित हात पारे रियलले शीर्ष स्थानको एट्लेटिकोसँग अंक बराबरी गर्नेछ। सेभियासँग पराजित भएमा रियलको उपाधि यात्रामा धक्का लाग्नेछ भने एट्लेटिको र बार्सिलोनालाई फाइदा पुग्नेछ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0