आर्सनलमाथि एभर्टनको पूनरागमन जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले आर्सनललाई २–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए ।

दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले बराबरी गोल गरे । इन्जुरी समयमा डेमाराई ग्रे ले एक गोल गर्दै भएटर्नलाई विजयी गराए । जितसँगै १५ खेलबाट १८ अंक जोडेको एभर्टन तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।

२३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ । लिगमा ३५ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३४ अंकसहित लिभरपुल दोस्रो तथा ३३ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0