मेसी र एम्बाप्पेको २-२ गोलमा पिएसजीकाे सहज जित

फुटबल

काठमाडौं, मंसिर २२ : च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएकाे खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बेल्जियमकाे क्बल ब्रुगमाथि ४-१ काे जित हात पारेकाे छ । खेलकाे दोस्रो मिनेटमै केलियन एमबाप्पेले गाेल गर्दै घरेलु टाेली पिएसजीलाई अग्रता दिलाएका थिए ।

साताैं मिनेटमा एमबाप्पेले व्यक्तिगत दाेस्राे गाेल गर्दै टाेलीकाे अग्रता दाेब्बर बनाए । ३८औं मिनेटमा लियाेनल मेस्सीले गाेल गर्दा पिएसजी ३-० ले अघि बढ्याे । ६८औं मिनेटमा माट्स रिट्सले ब्रुगका लागि १ गाेल फर्काए ।

७६औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गाेल गरेपछि पिएसजीले सहज जित दर्ता गरेकाे हाे । याे जितसँगै ६ खेलमा ११ अंक जाेडेकाे पिएसजी समूह ‘’ए बाट उपविजेताका रूपमा अन्तिम १६ मा पुग्दा ब्रुग चार अंकका साथ पुछारमा रह्याे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0