पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा म्यानचेस्टर सिटी 

फुटबल

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ ले पराजित भएको हो ।

लाइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले एक एक गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे । खेलको २४ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।

खेलको ७१ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा रियाद महरेजले एक गोल फर्काएपनि सिटी २–१ ले पराजित भयो ।

यस्तै, खेलको ८२ औं मिनेटमा केली वाल्करले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । सिटीले ६ खेलमा १२ अंक जोडेर समूह ‘ए’ को समूह विजेता बनेको छ । लाइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो । च्याम्पियन्स लिग फुटबलम्यानचेस्टर सिटी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0