डिफेन्डिङ च्याम्पियन मछिन्द्र दोस्रो स्थानमा, अपराजित यात्रालाई कायम

फुटबल

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो । मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे । यो जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ ।

जावलाखेलको यो लगातार तेस्रो हार हो । तालिकाको पुछारमा रहेकोे जावलाखेलले अंक जोड्न सकेको छैन । यसअघि आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका थिए् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो ।

हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले सुरुआती अग्रता दिलाएका थिए । खेलको ५३ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक खेलेको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काए ।

यो बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको १२ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0