मालदिभ्समा वार्नर र स्टेलरबिच झडप, तर दुबैले भने : ‘हामी मिल्ने साथी हौ, झडप भएकै छैन’

क्रिकेट

काठमाडौं । आईपिएल स्थगित भएपछ अष्ट्रेलियाका खेलाडीहरू उतिेला स्वदेश फिर्ताको आश बोकेर माल्दिभ्समा बसिरहेका छन्। भारत छोडेपछि अस्ट्रेलियाका सबै क्रिकेटरहरू र अन्य स्टाफ माल्दिभ्सको ताज कोरल रिसोर्टमा बसिरहेका छन्।

यसैबिच अष्ट्रेलियन ओपनर डेभिड वार्नर र अस्ट्रेलियाका पूर्व क्रिकेटर र कमेन्टेटर माइकल स्लेटरको माल्दिभ्समा झ’डप भएको छ । बेलायति मिडियाका अनुसार दुई खेलाडीहरू बीच पहिले बहस भएको थियो, जुन पछि झगडामा परिणत भयो।

राती पबमा पेयपदार्थ खाइरहेका बेला उनीहरुविच विवाद भएको थियो । झडपको क्रममा वार्नरले स्टेलरमाथि एक मुक्का हानेर ढालेको समेत बताईन्छ । तर कुन विषयमा उनीहरुविच झगडा भएको भन्ने विषय भने प्रष्ट भनिएको छैन । यो कुरा टिमका अरु खेलाडीले पनि थाहा नपाएको बताइएको छ । उता यो खबर फैलिएपछि वार्नर र स्लेटरले भने आफुहरु बिच कुनै बिाद नभएको बताएका छन् ।

माइकल स्लेटरले भने, ‘यो केवल अफवाह हो। म र वार्नर असल साथी हौं र हुनेछौं। हामी बीच कुनै झगडा र झगडाको शून्य संभावना छ ‘। त्यस्तै डेभिड वार्नरले यो पनि खबर झुटो भएको बताउदै भन्छन् , ‘यस्तो नाटक हाम्रो बीचमा भएको थिएन। मलाई थाहा छैन मिडियाले कसरी यस्तो लेख्छन् जबकी तिनीहरु यहाँ उपस्थित नै छैनन् । हामी बिच केहि भएकै छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0