नेपाललाई बिश्वकप खेलाउने पुबुदु पुन: नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त

क्रिकेट

काठमाडौं : पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको हो।

आईसीसीको रायअनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक दासानायकेलाई पुन: जिम्मेवारी दिने निर्णय गरेको हो। क्यानले पुबुदुसहित ५ जनाको नाम आइसिसी समक्ष सिफारिस गरेको थियो । आईसीसीको रायअनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक दासानायकेलाई पुन: जिम्मेवारी दिने निर्णय गरेको हो।

पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए। यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *