स्पेनिस ला लिगामा भिनिसियस बने ‘प्लेयर अफ दी मन्थ’

फुटबल

काठमाडौं : स्पेनिस ला लिगामा नोभेम्बर महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले जितेका छन् । ला लिगाले भिनिसियसलाई उत्कृष्ट प्रदर्शनका आधारमा उक्त उपाधि दिने निर्णय गरेको हो । उनले गत महिना रायो भायेकानो, ग्रानाडा र सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । भिनिसियसले अगस्ट महिनाको ‘प्लेयर अफ दी मन्थ’ को उपाधि पनि जितेका थिए ।

ब्राजीलका २१ बर्षीय भिनिसियसले जारी ला लिगामा १० गोल गर्दै दुई असिस्ट पनि दिएका छन् । उनी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा छन् । शीर्षस्थानमा रहेका रियलकै कप्तान करिम बेन्जेमाले १२ गोल गरेका छन् ।भिनिसियसलार्ई यस उपाधि आइतबार हुने म्याड्रिड डर्वीपछि प्रदान गरिनेछ । सिजनको पहिलो म्याड्रिड डर्वी आइतबार राति रियल म्याड्रिडको घरेलु मैदानमा हुनेछ । विश्वकै चर्चित लिगमध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने व्यवस्था छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0