बिग बास : होबार्टको पहिलो जित, यस्तो रह्यो सन्दीपको बलिङ

क्रिकेट

काठमाडौं : बिग बास लिगमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ४४ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ। जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५१ रन बनायो। वर्षाको कारण २ ओभर घटेपछि डकवर्थ लेविस पद्धतिको आधारमा उक्त लक्ष्य पाएको हो।

यस्तो रह्यो सन्दीपको बलिङ

सिड्नी सिक्सर्सबिरुद्ध खेलमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका सन्दिपले ४ ओभरमा मात्र २४ रन मात्र खर्चिए। खेलमा अन्य बलरको दाँजोमा किफायती बलिङ गरे पनि सन्दिपले विकेट लिन सकेनन्। उनको दुई वटा क्याच छुट्न पुग्यो भने एउटा स्टम्पिङको अवसर पनि गुमेको थियो।

लिग अन्तर्गत पहिलो खेलमा सन्दिपले सिड्नी सिक्सर्स बिरूद्धनै २४ रन खर्चेर ड्यानियल क्रिस्चियनको विकेट लिएका थिए। लिग अन्तर्गत होबार्टले आफ्नो तेस्रो खेल मंगलबार पर्थ स्कर्चर्स विरूद्ध खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0