रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेडको कठिन जित

फुटबल

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले नोर्विच सिटीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।

युनाइटेडका लागि खेलको ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै नर्विचको भने १६ खेलमा १० अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0