सेभियासँग बराबरी खेलेपछी रियल मड्रिडकाे लागि शीर्ष स्थानमा उक्लिन माैका चुक्यो

फुटबल

काठमाडौं : ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड हारबाट जोगिएको छ। उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै २-२ गोलको बराबरी खेलेको हो। पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ।

खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको थियो । ६७ मिनेटमा असेन्सियोले रियलका लागि बराबरी गोल फर्काए। ७८ औं मिनेटमा इभान राकीटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

कर्नर प्रहार गर्ने क्रममा रियलका खेलाडीको हातमा बल लागेपछि सेभिल्लाले पाएको पेनाल्टीमा इभान राकटिचले गोल गरेका थिए। खेलको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । एथ्लेटिको मड्रिड भने ३५ खेलबाट ७७ अंकमा शीर्ष स्थानमा रहेको छ । चौथो स्थानको सेभिल्लाको ७१ अंक छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *