साफ-१९ मा आज नेपालले श्रीलंकाको सामना गर्दै, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं । साफ अण्डर नाइन्टीन महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा नेपाल र श्रीलंकाविचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंका अंक विहीन छ ।

श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0