मुटुमा समस्या आएपछि अग्युरोले लिए फुटबलबाट संन्यास

फुटबल

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । उनले मुटुको समस्याका कारण बुधबारबाट सन्न्यास लिने घोषणा गरेका हुन् । ३३ वर्षीय अगुइरोले बार्सिलोनका लागि पछिल्लोपटक ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए ।

छातीमा समस्या देखिएपछि उनको स्थानमा खेलाडी परिवर्तन गरिएको थियो । अगुइरो इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर यही सिजन स्पेन आएका हुन् । उनले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए ।

सिटीका लागि ३९० खेलमा २६० गोल गरेका अगुइरो क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले सिटीमा रहँदा मुख्य १५ उपाधि जितेका थिए । सन् २००६ मा अर्जेन्टिनाको सिनियर टोलीका लागि डेब्यु गरेको अगुइरोले १०१ खेलमा ४१ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
4
+1
7