नेपाल र भुटानबीचको खेल आज, कसले जित्ला खेल ?

फुटबल

काठमाडौ : साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज (शुक्रबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो।

नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।

फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ। पाँच टिम सहभागी प्रतियोगितका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो।

यता भुटानले भने पहिलो खेलमा श्रीलंकलाई ५–० ले पराजित गरेपनि दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो।
नेपालले आफ्नो अन्तिम खेल डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
3
+1
0
+1
0
+1
0