‘खेलाडीहरूलाई कारबाही गरिनु गलत’ : खेलकुद मन्त्री महेश्वर

समाचार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउदै पुर्नबिचार गर्न आग्रह गरेका हुन् ।

यस्तै मन्त्री गहतराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या समाधान गर्न क्यानका पदाधिकारीलाई निर्देशन दिएका छन् । उनले खेलाडीको वर्गिकरणको विषयमा चासो राख्दै खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0