पोखरा रंगशालामा आज मनाङ र पुलिस बीच प्रतिस्पर्धा, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई तथा पोखरा रंगशालामा एक खेल हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुँदैछ । च्यासल ४ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ भने जावलाखेल एक अंकसहित १३ स्थानमा छ ।

आज हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र विभागीय टोली नेपाल पुलिस क्लबबीच पोखरा रंगशालामा प्रतिस्पर्धा हुनेछ । ए डिभिजन लिगको खेल पहिलो पटक काठमाडौं उपत्यका बाहिर पोखरामा हुने लागेको हो । मनाङ मस्र्याङदी क्लबको पाँचौ, सातौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मनाङ र पुलिस क्लबबीचको दिउँसो २ बजे सुरु हुनेछ ।

आजको खेलमा मनाङ पुलिसलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लिने ध्याउन्नमा हुनेछ । ४ खेलमा ३ मा जित र एक बराबरी खेलेको मनाङ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान खेलबाट पुलिसले एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यर्होदै ५ अंकसहित तालिकाको आठौं स्थनमा छ । नेपाल पुलिस पनि मैदान उत्रदा मनाङलाई हराएर अंक बढाउने योजनामा हुनेछ ।

यस्तै, ए डिभिजन लिग अन्तर्गत आजै हुने तेस्रो खेलमा थ्री स्टार क्लब र न्यूरोड टीम एनआरटी बीच प्रतिस्पर्धा हुनेछ । थी स्टार र एनआरटी बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0