‘ए’ डिभिजन लिग : थ्री स्टार र एनआरटीले अंक बाँडे

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा र न्यूरोड टिम (एनआरटी) सँग बराबरी खेल्दै अंक बाँडेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको २९औं मिनेटमा सन्जोक राईको पासमा अशोक खवासले गरेको क्रसलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बाहिर क्लियर गर्दा थ्रीस्टार अग्रता लिनबाट असफल भएको थियो। सोही मुभको कर्नरमा अनन्त तामाङको हेडरमा गोलरक्षक अजित पञ्च गर्दा डिफेन्डरले क्लियर गरिदिए।

६६औं मिनेटमा अशोक खवासको क्रसमा विजय भुजेलको हेडर पोस्ट नजिकैबाट बाहिरियो। ८८औं मिनेटमा झन्डै २२ यर्ड टाढाको राफयल भिडाल रिमगागोको फ्रिकिकलाई गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मेसुके ओलुमोउको शक्तिशाली प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाए।

बराबरीपछि थ्री स्टारको ५ खेलबाट ६ अंक पुगेको छ। थ्री स्टार ६ अंक जोडेर छैटौं स्थानमा यथावत् रहेको छ। जारी लिगमा थ्रीस्टारको यो तेस्रो बराबरी हो। यसअघि थ्रीस्टारले फ्रेन्ड्स र एपिएफसँग बराबरी खेलेको थियो। च्यासललाई हराएको थ्रीस्टारले सातदोबाटोसँग हार बेहोेरेको थियो।

यता, एनआरटीको पनि समान ६ अंक नै रहेपनि गोल अन्तरमा सातौ स्थानमा रहेको छ। एनआरटीले बिबिसी र पुलिसलाई पछि पारेको हो।एनआरटीको पनि यो तेस्रो बराबरी हो। एनआरटीले यसअघि बिबिसी र च्यासलसँग बराबरी खेलेको थियो। मछिन्द्रसँग हार बेहोरेको एनआरटीले सातदोबाटोलाई हराएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0