साफ यू-१९ महिला च्याम्पियनसिपको फाईनल खेल्ने नेपाली चेलिको सपन भताभुङ्ग

Uncategorized

काठमाडौं : साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्‍यो। पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ।

समूह चरणमा शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान अनुसार भारत भने फाइनलमा पुगेको छ। भारत चार खेलबाट ९ अंक जोड्दै फाइनल पुगेको हो। नेपालको चार खेलबाट ७ अंक छ। बंगलादेशको ३ खेलबाट ७ अंक नै छ। आज साँझ बंगलादेशले श्रीलंकासँग खेल्दैछ। तुलनात्मक रूपमा कमजोर देखिएको श्रीलंकासँग बंगलादेश पराजित भए मात्र नेपाल फाइनल पुग्नेछ। बंगलादेशलाई भने फाइनलमा पुग्न बराबरी खेले पुग्छ। जित निकाले बंगलादेश समूह विजेता बन्नेछ।

अघिल्ला तीनै खेलमा पराजित श्रीलंकाले १६ गोल खाँदा कुनै गोल गर्न सकेको छैन। भारत जस्तो बलियो टिमलाई हराएको बंगलादेश स्वभाविक रूपमा श्रीलंकाथि हाबी हुनेछ। नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो। बंगलादेशले नेपालसँग बराबरी खेल्दा भारत र भुटानलाई हराएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
2