जिम्बाबेविरुद्धको टेस्ट श्रृंखला पाकिस्तानको क्लिनस्वीप

क्रिकेट

एजेन्सी । पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । सोमबार हरारेमा भएको दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स १ सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २–० ले आफ्नो बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ५ सय १० रन बनाएको थियो । पाकिस्तानका अबिद अलीले अविजित रहदै २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

यस्तै अजहर अलीले १ सय २६ रनको शतकीय इनिङ्स खेल्दा नुमन अलीले ९७ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए । जिम्बावे पहिलो इनिङ्समा १ सय ३२ रन जोड्दा अलआउट भएपछि फलो अनमा परेको थियो ।

फलो अनमा परेपछि दोस्रो इनिङ्स थालेको जिम्बावे २ सय ३१ रनमा अलआउट भएपछि पाकिस्तान एकै इनिङ्समा विजयी भएको हो । पहिलो टेस्टमा पनि पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0