टोटनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरियो

फुटबल

काठमाडौं : इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूइएफए) को निर्णयसँगै टोटेनहम लिगबाट बाहिरिएको हो।

कोरोनाका कारण ९ डिसेम्वरमा रेनेससँग हुनुपर्ने खेल स्थगित भएको थियो। उक्त खेल टोटेनहमका खेलाडीमा कोरोना संक्रमण देखिएका कारण यूईएफएले नै स्थगित गरेको थियो।

कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको बताउँदै यूईएफएले यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताएको छ। यूइएफएले प्रतियोगिता नियमावलीको जे ३.१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ।

यूइएफएको यो निर्णयसँगै रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो। भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ। टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0