साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका सदस्यले पाए जनही ५ लाख

फुटबल

काठमाडौं : सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई पूर्वघोषित पुरस्कार रकम हस्तान्तरण गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन्।

गत असोजमा माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपाधि चुम्न असफल भएको थियो।  यद्यपि, २८ वर्षे इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाली टोलीलाई कात्तिक १ मा बसेको मन्त्रिपरिषद्को बैठकले नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो।

उक्त पूर्वघोषणा अनुसार सरकारले खेलाडीलाई जनही ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वर गहतराज पनि सहभागी थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0