नेपालको डिआरएस पब्जी बिश्वकपको फाइनलमा प्रवेश

अनलाइन गेम

काठमाडौं । ठूलो पुरस्कार राशीको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप ‘पीएमजीसी’को लिग फाइनलमा नेपाली टीम डि रियल सोल्जर ‘डिआरएस’ प्रवेश गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर १९सम्म जारी लिगमा उत्कृष्ट १६भित्र पर्दै डिआरएसले लिग फाइनलको यात्रा पक्का गरेको हो । लिग फाइनलमा नेपाल प्रन्धौं स्थानमा परेको थियो ।

नेपालबाट सहभागी अर्को टीम डेड आइज गाइज ‘डिई’ भने अठारौं स्थानमा परेपछि प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।

लिग चरणमा प्रथम हुने टोलीले ३ लाख ६२ हजार ५ सय डलर, दोस्रो हुनेले १ लाख ४५ हजार डलर र तेस्रो हुनेले ७२ हजार ५ सय डलर पाउनेछन् । यस्तै, प्रतियोगिता नै जित्नेले १५ लाख अमेरिकी डलर, दोस्रो हुनेले ६ लाख र तेस्रो हुनेले ३ लाख डलर पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २१ देखि २३ जनवरीसम्म हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
1
+1
1
+1
2
+1
0
+1
2