सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपाली चेलिहरुको शानदार जित

भलिबल

काठमाडौं । साविक विजेता नेपाली महिला टोलीले एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुःखद सुरुवात गरेको हो । नेपालले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती दुई सेट श्रीलंकाले २५–१९ र २५–२१ ले जितेको थियो । तर, त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो । अन्तिम सेटमा श्रीलंकालाई १५–१३ ले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
8
+1
0
+1
2
+1
2
+1
0
+1
1