यु-१९ एसिया कपको पहिलो खेलमा बंगलादेशसँग नेपालको फराकिलो हार ( हेर्नुस फोटो फिचर )

क्रिकेट फोटो

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा नेपाल बंगलादेशसँग १५४ रनले हार बेहोरेको हो । बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछाएको नेपालले ४२.३ ओभरमा अल आउट हुदै १४३ रन मात्र बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ३५ र बिबेक मगरले ३३ रन बनाएका थिए । त्यस्तै बिबेक यादवले २६ रन बनाएका थिए । यसअघि ढाकास्थित सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेर पहिला ब्याटिंग गर्दिया नेपाललाई २९८ रनको लक्ष्य दिएको थियो ।

बंगलादेशले ५० ओभरमा ४ विकेट गुमाउदै २९७ रन बनाएको छ । बंगलादेशका प्रन्तिक नावरोज नबिलले अविजित १२७ रन बनाएका थिए भने मोहमद फाहिमले ५८ रन बनाएका थिए ।

नेपाली बलर गुलशन झा, तिलक भण्डारी र मोहमद आदीलले एक एक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल आइतबार श्रीलंकाविरुद्ध खेल्ने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0