तीन खेल बाँकी छँदै प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

फुटबल

एजेन्सी । लिगका तीन खेल बाँकी छँदै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराति भएको लिगको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले हार व्यहोर्दै उपाधि हात पार्ने झिनो आशा गुमाएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा मासोन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए । तर ६६औं मिनेटमा सालर सोएन्चुले विजयी गोल गरे ।

म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाइटेडबीच १० अङ्कको अन्तर भएको छ । म्यानचेस्टर सिटी ८० अङ्कसहित शीर्ष स्थानमा छ भने युनाइटेड ७० अङ्कसहित दोस्रो र लेस्टर सिटी ६६ अङ्कसहित तेस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0